आज देशभरको मौसम सफा रहने
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशभरको मौसम सफा रहने पूर्वानुमान गरेको छ । विभागका अनुसार नेपालमा हाल कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकाले देशभरको मौसम सफा रहने जनाएको छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल स्थानीय र पश्चीमी न्यूनचापीय कुनै प्रणालीको प्रभाव छैन । देशका पहाडी भूभागका केही क्षेत्रमा भने आंशिक बदली हुने सम्भावना छ तर वर्षा र हिमपातको सम्भावना नरहेको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया
