शेयर बजारको ओरालो यात्रा आज पनि जारी

काठमाडौं ।  अघिल्लो साता  ८५.४७ अंकले घटेको शेयर बजारको ‌ओरालो यात्रा आइतबार पनि जारी रहेको छ ।  आज १३.५३ अंकले घटेर दुई हजार ५८३.२९ अंकमा बजार बन्द भएको छ । आज सेन्सेटिभ इन्डेक्स २.६९, फ्लट इन्डेक्स १.१३ र सेन्सेटिभ फ्लट इन्डेक्स १.०९ अंकले घटेको छ ।  १३ उपसमूहमा ऊर्जा र उत्पादन तथा प्रशोधनबाहेक सबै उपसमूहको शेयर घटेको छ । कारोबारमा आएका २४४ मध्ये १५४ कम्पनीको शेयर घट्दा ८४ को बढेको छ भने ६ कम्पनीको शेयरमूल्य स्थिर छ ।

सप्तकोशी विकास बैंकका लगानीकर्ताले सर्वाधिक ६.४० प्रतिशतले गुमाउँदा चार कम्पनीको शेयरमा सर्किट लागेको छ । आज सपोर्ट माइक्रोफाइनान्स, बाराही हाइड्रोपावर, न्यादी हाइड्रोपावर र सुपर मादी हाइड्रोपावरको शेयर १० प्रतिशतले बढेको हो । आज कारोबार रकम पनि घटेको छ । यसदिन ४ अर्ब ५१ करोड ८३ लाख ८५ हजार रुपैयाँ बराबरको ९१ लाख ८० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर