द्वन्द्वमा बाल सेना प्रयोगबारे सर्वोच्चको आदेश

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईविरुद्ध पूर्व बल लडाकू लेलिन बिष्टले दायर गरेको रिटमा सर्वोच्च अदालतले महान्यायाधिवक्ताको कार्यालयलाई आगामी पेसीको जानकारी गराउने आदेश गरेको छ । आज शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले उक्त आदेश गरेको हो । पूर्वबाल लडाकु बिष्टले माओवादीको १० वर्षे सशस्त्र संघर्षका क्रममा बालबालिकाहरुलाई प्रयोग गरिएको भन्दै युद्ध अपराधमा कारबाहीको माग गरेका थिए ।
प्रतिक्रिया