जान्ने भएर विमानको इमरजेन्सी ढोका खोलेपछि हिराशतको फन्दामा

काठमाडौं । विराटनगरबाट जनकपुरका लागि उड्नेक्रममा रहेको बुद्ध एअरको एटीआर विमानमा एक यात्रुले इमर्जेन्सी डोर खोलेपछि उडान सुरक्षामा खलल गुगेको छ ।
बुद्ध एअरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार आज बिहीबार बिहान काठमाडौँबाट जनकपुरका लागि उडेको बुद्ध एअरको उडान नम्बर ५०५ विमान भिजिबिलिटी कमजोर हुँदा जनकपुर विमानस्थलमा अवतरण हुन नसकेपछि विराटनगर विमानस्थलमा अवतरण गरिएको थियो।

आपत्कालीन ढोकाको प्रयोगबारे विमान कम्पनीका परिचारिकाले उडान अगावै विस्तृतरूपमा यात्रुलाई जानकारी गराएका हुन्छन्। आपत्कालीन अवस्थाबाहेक यसलाई खोल्न मिल्दैन, यसले उडान सुरक्षामै खलल पुर्‍याउँछ।

जनकपुरको मौसममा सुधार भएपछि विराटनगरबाट उड्ने तरखरमा रहेको विमान ट्याक्सी वे–बाट धावनमार्ग पस्दै गर्दा विमानको ती यात्रुले विमानको इमरजेन्सी ढोका नजिकै बसेका यात्रुले खोलेका थिए। उक्त घटनापछि चालक दलले विमान पार्किङ–वे मै विमान फर्काएका थिए। उक्त विमानको प्राविधिक जाँचपछि नियमित उडानमा रहेको बुद्ध एअरले जनाएको छ।

यस्ता घटनाले उडान सुरक्षामा खलल पुर्‍याउने यात्रुलाई विमानस्थलका सुरक्षाकर्मीलाई जिम्मा लगाइएको छ। विगत केही साता यता यात्रुले विमानका इमरजेन्सी ढोका खोलेका घटना सार्वजनिक भएका छन्। गत अक्टोबर २ तारिखका दिन विराटनगरबाट काठमाडौँ उडानमा र ७ अक्टोबरका दिनमा नेपालगन्जबाट काठमाडौँ उडानमा पनि यात्रुले इमरजेन्सी ढोका खोलेका थिए। यसले उडान प्रक्रियालाई नै अवरुद्ध गरी उडान तालिकालाई थप प्रभावित बनाएको कम्पनीले जनाएको छ।

हवाई उडानमा खलल पुर्‍याउने जोसुकैलाई ‘गैर सैनिक हवाई उडान (सिभिल एभिएसन) ऐन, २०१५’ अनुसार १ देखि तीन वर्षसम्म कैद तथा अपराधको प्रकृति हेरी जन्मकैदसम्म सजाय हुने प्रावधान छ। उडान सुरक्षामा अनाहक खलल पुर्‍याउने यात्रुलाई विमान सेवा प्रदायक कम्पनीले उडानमा थप प्रतिबन्ध लगाउने गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर