बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०५ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६५ पैसा छ। यूरो एकको खरिददर एकसय ४६ रुपैयाँ १२ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ६१ पैसा कायम भएको छ। पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ४४ पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ २२ पैसा निर्धारण भएको छ। अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २८ र बिक्रीदर ९० रुपैयाँ ६८ पैसा निर्धारण भएको छ। कुबेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ३४ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ३० पैसा कायम भएको छ। बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ५६ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ १५ पैसा कायम भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर