पत्रकार महासङ्घका अध्यक्ष पोखरेलले राजीनामा दिए

काठमाडौं ।  नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले पदबाट राजीनामा दिएका छन् । पोखरेलले आज सोमबार वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई राजीनामा बुझाएका हुन् ।

मानसिक तनाव र शारीरिक स्वास्थ्य अवस्थाका कारणले सहज रूपमा काम गर्न सक्ने अवस्था नरहेको भन्दै राजीनामा दिएको उनले बताए। उनले राजीनामा पत्रमा निर्वाचन गराउनका लागि पहलकदमी लिए पनि मिति तोकिएको झन्डै एक हप्तासम्म कार्यतालिका ल्याउन नसक्नु, सदस्यता विवादका लागि बसेको बैठकबाट केही पदाधिकारी बाहिरिनु, केही पदाधिकारीले उपस्थितिमा हस्ताक्षर नगर्नुलगायतका कारणले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
उनले राजीनामा पत्रमा “सिङ्गो बैठकले सदस्यताको सूचीप्रति अपनत्व जनाउन आनाकानी गर्नुले अब हुने निर्वाचनप्रति पनि सर्वस्वीकार्यता हुने महसुस गरेन।
सरोकारवाला पक्षले समेत सदस्यसूची आफूलाई देखाएर मात्र अघिबढ्न पर्ने अपेक्षा राख्दा मन खिन्न हुने गरेको छ”, उल्लेख गरेका छन् । महासङ्घले तेस्रो पटक निर्वाचनको मिति तोकेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर