रवि लामिछानेले कास्की प्रहरीको कागजमा सही गरे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सहकारी प्रकरणमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिना गरेको आरोपमा लामिछानेमाथि प्रहरीले अनुसन्धान सुरु गरेको हो । लामिछानेसहित १८ जनाविरुद्धको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।
पोखरा महानगरपालिकाको छानबिन समितिले लामिछानेविरुद्ध दोस्रो पटक प्रतिवेदन र उजुरी दिएको थियो । सहकारीको रकम लगानी भएकोबारे अनुसन्धान गर्ने क्रममा कास्की प्रहरीले लामिछानेसहित चार जनासँग कागज गराएको बताइएको छ । कागज गराउन जिल्ला प्रहरी कार्यालय कास्कीको टोली नै काठमाडौं आए र ग्यालेक्सी टिभीमा छापासमेत मारेको चर्चा चलेको छ ।
प्रतिक्रिया