मन्त्री परिषदका सदस्यहरूको वरीयता क्रम हेरफेर

काठमाडौं । मन्त्री परिषदका सदस्यहरूको वरीयता क्रम हेरफेर गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरूको वरीयता क्रम हेरफेर गरेका हुन् ।

नयाँ मर्यादाक्रम अनुसार प्रधानमन्त्रीपछिको वरीयतामा उपप्रधानमन्त्री प्रकाशमान सिंह छन् । त्यसपछि उपप्रधानमन्त्री विष्णु पौडेल छन् भने चौथो नम्बरमा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङ छन् । हेरफेरअनुसार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल वरीयता क्रम १६ औं कायम गरिएको छ । यसअघि पौडेल १४औं वरीयता क्रममा थिए । हाल १४ औं वरीयतामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे छन् । मन्त्री पाण्डे यसअघि १६ औं वरीयतामा थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर