सुन तोलामा तीन सय वृद्धि

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज बिहीबार सुन तोलाको तीन सय रुपैयाँले बढेर तोलाको एक लाख ४६ हजार ६ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि हिजो बुधबार सुनको मूल्य तोलाको १ लाख ४६ हजार ३ सय थियो । त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदी आज प्रतितोला १२ रुपैयाँ घटेर १६ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर