छापावाला सुन प्रतितोला एक लाख ३४ हजार पुग्यो
काठमाडौं । आज बिहीबार सुनको बजार मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज सुन प्रतितोला एक हजार रुपैयाँ वृद्धि हुँदा प्रतितोला एक लाख ३४ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार छापावाला सुन एक लाख ३३ हजार थियो ।
यस्तै तेजाबी सुन बुधबार प्रतितोला एक लाख ३२ हजार तीन सय ५० मा कारोबार भएकामा आजका लागि भने एक लाख ३३ हजार तीन सय ५० बराबरको मूल्य निर्धारण भएको छ । चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले वृद्धि भएको छ । बुधबार प्रतितोला एक हजार ६ सय १० मा कारोबार भएकोमा आजका लागि भने एक हजार ६ सय ५० बराबरको मूल्य निर्धारण भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया
