बाँसबारी छालाजुत्ता घोटालामा अरू पनि तानिन सक्ने सीआईबीको संकेत

काठमाडौं ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बाँसबारी छालाजुत्ता उद्योगको १० रोपनी जग्गा हिनामिना प्रकरणमा अन्य व्यक्ति पनि तानिन सक्ने जनाएको छ।सीजी ग्रुपका सीजी होल्डिङ्गसका अध्यक्ष, प्रबन्ध निर्देशक अरुण चौधरी र बाँसबारी छालाजुत्ता उद्योगका तत्कालीन अध्यक्ष अजितनारायणसिंह थापालाई पक्राउ गरिएकोबारे शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सीआईबीले यस्तो जनाएको हो। सीआईबीका प्रवक्ता एवम् एसएसपी नवराज अधिकारीले बाँसबारी छालाजुत्ता उद्योगको जग्गा हिनामिना प्रकरणको अनुसन्धान पूरा गर्न तीन महिना लागेको बताए।

उनले बाँसबारी छालाजुत्ता कारखानाका अध्यक्ष थापा र सीजी ग्रुपअन्तर्गतको चाँदबाग स्कुलका सञ्चालक सञ्जय ठाकुरलाई पनि पक्राउ गरिएको बताउँदै अनुसन्धानका क्रममा यो हिनामिनामा जोडिएका अरु पनि तानिन सक्ने बताए। ‘अहिले जग्गा दिने र लिने व्यक्ति दुवै अनुसन्धानमा छन्। थप व्यक्तिहरू पनि पक्राउ पर्न सक्छन्’, उनले भने, ‘तत्काललाई यसमा कुनै राजनीतिक तहमा निर्णय भएको देखिँदैन। नीतिगत रुपमा निर्णय भएको पनि देखिएन।’ अधिकारीले तत्कालीन अध्यक्ष थापाले आफ्नै तजबिजीमा बाँसबारीको जग्गा सीजीको हातमा दिएको पनि बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर