आईसीसीको कारवाहीमा क्रिकेटर अर्जुन कुमाल
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाली यू–१९ का ओपनिङ ब्याट्सम्यान अर्जुन कुमाललाई कारबाही गरेको छ। दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकपमा बंगलादेश विरुद्धको खेलको दौरान भएको गल्तीका कारण उनीलाई कारबाही गरिएको जनाइएको छ।
आईसीसीले अर्जुनलाई तीन डेमेरिट प्वाइन्ट दिएको छ। नेपालले ५ विकेटले गुमाएको बंगलादेश विरुद्धको त्यो खेलको छैटौं ओभरमा कुमाल दौडेर रन पूरा गर्ने क्रममा बंगलादेशका बलर मारुफ मृधालाई विकेटको बीचमा कुहिनोले हानेपछि उनलाई कारबाही गरिएको आईसीसीले जनाएको छ। आईसीसीको आचार संहिता २.१२ उल्लंघन गरेका कारण उनी कारबाहीमा परेका हुन्।
प्रतिक्रिया
