अचानक बिरामी परेपछि चौधरी र थापा ग्रान्डीमा भर्ना

काठमाडौं ।  बाँसबारी छाला तथा जुत्ता कारखानाको सरकारी जग्गा घोटालामा पक्राउ परेका करोडपति अरुण चौधरी अचानक बिरामी परेपछि पाँचतारेसरहको अस्पताल ग्रान्डीमा शुक्रबार भर्ना भएका छन् । यस्तैकारखानाका तत्कालीन प्रमुख अजित नारायणसिंह थापा पनि चौधरीसँगै भर्ना भएका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले बिहीबार मध्याह्न पक्राउ गरेका चौधरी र थापा महाराजगन्जस्थित चिरायु अस्पतालमा भर्ना भएका थिए । उनीहरूलाई चिरायुबाट ग्रान्डी अस्पताल लगिएको हो । चिरायुले रिफर गरेपछि ग्रान्डी लगिएको सीआइबीले जनाएको छ ।

ठूलाबडा कहलिनेहरू भ्रष्टाचार केसमा पक्राउ परेपछि अचानक बिरामी र दीर्घ रोगीका बहानामा अस्पतालमा भर्ना हुने चलन नेपाली समाजका लागि नौलो होइन । यसअघि पनि ललितानिवास प्रकरणमा पक्राउमा परेका भाटभटेनीका मालिक मीनबहादुर गुरुङ पनि प्रहरी अनुसन्धानको लामो समयसम्म छिचिङ अस्पताल महाराजगन्जमा भर्ती भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर