अनलाइन जुवा खेल्नेहरू पक्राउ
काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित क्यासिनो प्यालेसबाट प्रहरीले नौजनालाई पक्राउ गरेको छ । क्यासिनो प्यालेसको अन्डर ग्राउन्डमा अनलाइन सट्टेबाटी गर्दै गरेका उनीहरूलाई गएराति पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा ६ नेपाली र तीन भारतीय नागरिक छन् । पक्राउ परेकाहरूको साथबाट प्रहरीले करिब एक करोड रुपैयाँ नगद बरामद गरेको छ । पक्राउ परेकाहरु अनालाइन सट्टेबाजी गेम खेल्दै गरेको अवस्थामा पक्राउ परेका र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनााएको छ ।
प्रतिक्रिया
