सीके राउत, मन्त्री यादवलगायत जनमतका कार्यकर्ता रिहा

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफैं महेन्द्र पुलिस क्लब पुगेर जनमत पार्टीका नेताकार्यकर्तालाई छुटाए । सो पार्टीले आज सोमबार आयोजना गरेको ‘राष्ट्रिय धोती दिवस’ को र्‍याली निषेधित क्षेत्र माइतीघरमा प्रवेश गरेपछि र्‍यालीमा सहभागी नेता कार्यकर्ता गिरफ्तार भएका थिए ।

अध्यक्ष सीके राउत, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी, सांसद अब्दुल खानलगायत ५२ नेताकार्यकर्तालाई उपप्रधानमन्त्री श्रेष्ठले महेन्द्र पुलिस क्लब पुगेर छुटाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर