सीके राउतलगायत राष्ट्रिय धोती दिवस मनाउनेहरू पक्राउ
काठमाडौं । काठमाडौं माइतीघरको निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले जनमत पार्टीका अध्यक्ष सीके राउतसहित केहीलाई पक्राउ गरेको छ ।
आज सोमबार धोती दिवस मनाउने क्रममा माइतीघरको निषेधित क्षेत्रमा प्रदर्शन गर्न थालेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । स्थानीय प्रशासनले माइतीघरदेखि नयाँ बानेश्वरसम्म धर्ना, जुलुस गर्न नपाउने गरी निषेधित क्षेत्र घोषणा गरेको छ । विद्यार्थी जनमत संघको आयोजनामा भएको राष्ट्रिय धोती दिवसको कार्यक्रमा प्रदर्शनकारीहरुले धोती लगाएर दिवस मनाउँदै धोती हाम्रो शान हो लगायतका नारा लगाएका थिए ।
प्रतिक्रिया
