आज राष्ट्रिय पोशाक दिवस मनाइँदै

काठमाडौं ।  राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले आज राष्ट्रिय पोशाक दिवस मनाउँदैछ । यस अवसरमा काठमाडाैंकाे पाटन दरबार क्षेत्र परिसरमा विशेष कार्यक्रमकाे आयाेजना गरिएकाे प्रतिष्ठानका अध्यक्ष राजानन्द माण्डव्यले जानकारी दिए ।

११ औँ राष्ट्रिय पोशाक दिवसमा तेस्रो राष्ट्रिय धरोहर सम्मानद्वारा २०५३ सालका मदन पुरस्कार विजेता प्रा.डा दयाराम श्रेष्ठलाई सम्मान गर्ने कार्यक्रम छ । यस्तै राष्ट्रिय धरोहर युवा प्रोत्साहन पुरस्कार गायिका तथा सारंगीवादिका वर्त गन्धर्वलाई प्रदान गरिने छ । कार्यक्रम बिहान ११:१५ बाट सुरु हुने माण्डव्यले बताए । माण्डव्य लामो समयदेखि राष्ट्रिय पोशाक दौरासुरुवाल र ढाका टोपी बनाउनुपर्छ भनेर अभियान चलाइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर