मौसम : सामान्यतया सफा रहने

काठमाडौं ।  कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी भागको मौसम सामान्यतया सफा छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई-मधेशका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ। महाशाखाका अनुसार आज दिउँसो पहाडी भेगमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगको एकदुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। चिसो बढेकाले सतर्कता अपनाउन समेत महाशाखाले सबैमा अनुरोध गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर