ग्यासको मूल्य बढी लिए कारबाही गर्ने चेतावनी
काठमाडौँ । नेपाल एल पी ग्यास उद्योग संघले निर्धारित मूल्य भन्दा बढी लिएर बिक्री गरेको पाइए कारबाही गर्ने चेतावनी दिएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै ग्यास मूल्य बढी लिएको जनगुनासो प्राप्त भएको भन्दै उक्त चेतावनी दिएको हो ।
१४.२ केजी ग्यासको मूल्य १८९५ रुपैयाँ पर्ने जानकारी दिँदै त्यसभन्दा बढी लिए संघमा खबर गर्न पनि अनुरोध गरेको छ । त्यस्तै ग्यासको कारोबार गर्दा बिल लिन पनि उपभोक्तालाई संघले भनेको छ । बढी मूल्य लिएमा संघलाई खबर गर्न पनि संघले अनुरोध गरेको छ ।

प्रतिक्रिया
