मंगलबार नेप्से परिसूचकमा ३६.८६ अंकले वृद्धि

काठमाडौं । शेयरबजार परिसूचक नेप्से आज (मंगलबार) ३६.८६ अंकले बढेको छ । परिसूचक १९८५.४४ बिन्दुमा पुगेको छ । कारोबार रकम पनि झण्डै ४ अर्ब रुपैयाँ पुगेको छ । आज २१४ कम्पनीको शेयरमूल्य बढ्दा २४ कम्पनीका लगानीकर्ताले गुमाए । चार कम्पनीको शेयरमूल्य भने स्थिर रह्यो । ४ कम्पनीको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

बोटलर्स नेपाल (बालाजु) को शेयरमूल्य २६९.८० रुपैयाँले बढ्दै प्रतिकित्ता २९६८.४० रुपैयाँ पुगेको छ । धौलागिरि लघुवित्त, नेपाल रिपब्लिक मिडिया र सोनापुर मिनरल एण्ड आयल कम्पनीको शेयरमूल्य पनि १० प्रतिशत बढेको छ ।

आज बजारमा सनराइज ब्लुचिप फण्ड, सीवाइसी लघुवित्त र छिमेक लघुवित्तका शेयरधनीले प्रतिकित्ता शेयरमा क्रमशः ५९, १३ र ३६ रुपैयाँ गुमाएका छन्‌ । सबैभन्दा बढी शिवम् सिमेन्टको १८ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार हुँदा सोनापुर मिनरलको सबैभन्दा धेरै ४ लाख २९ हजार ८२७ कित्ता शेयर किनबेच भयो । नेपाल राष्ट्र बैंकले गत शुक्रबार मौद्रिक नीति सार्वजनिक गरेपछि कारोबारको पहिलो दिन आइतबार १११ अंकले बढेको नेप्सेमा सोमबार भने २० अंकले घटेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर