नेम्बाङको निधनप्रति दुबै सदनबाट शोक प्रस्ताव पारित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख, वर्तमान प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । बैठकमा सभामुख देवराज घिमिरेले प्रस्तुत गरेको शोक प्रस्तावलाई बैठकको सर्वसम्मतले पारित गरेको हो ।

बैठकले स्व. नेम्बाङको निधनप्रति शोक व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुका साथै परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । आजको बैठकमा स्व. नेम्बाङको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारणसमेत गरिएको थियो । यसैगरी बिहीबार बसेको राष्ट्रियसभाको बैठकले नेम्बाङको निधनमा शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । उनको सम्मानमा उठेर एक मिनेट मौन धारणसमेत गरिएको छ ।

वि।सं २००९ फागुन २८ गते जन्मेका नेम्बाङको ७१ वर्षको उमेरमा सोमबार राति निधन भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर