सुवास नेम्बाङको राजकीय सम्मानसहित अन्त्येष्टि

काठमाडौं ।  संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्बाङको पशुपतिस्थित आर्यघाटमा राजकीय सम्मानसहित अन्त्येष्टिक्रिया गरिएको छ । उनको पार्थिव शरीरमाथि छोराहरुले दागबत्ती दिए । नेपाली सेनाको टोलीले शोक धुन बजाएको थियो । उनको किराँत मुन्धुम र हिन्दू परम्पराअनुसार अन्त्येष्टिक्रिया गरिएको छ ।


यसअघि शवयात्रा बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल, गौशाला हुँदै पशुपति आर्यघाटमा पुगेको हो । यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरुले नेम्बाङको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् । प्रधानमन्त्री दाहालले पशुपति आर्यघाटमा राष्ट्रिय झण्डा ओढाएर नेम्बाङप्रति श्रद्धाञ्जली व्यक्त गरे । यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएर नेम्बाङप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । पशुपतिको बागमती किनार क्षेत्र सर्वसाधारणले खचाखच भरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर