शनिबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्रा विनिमय दर तोकेको छ । आज अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ४२ पैसा रहेको छ । बिक्रीदर १३३ रुपैयाँ ०२ पैसा रहेको छ । केही दिनयता अन्तर्राष्ट्रिय बजारमा डलरको भाउ बलियो हुँदा नेपालको मुद्रा कमजोर बनेको छ ।
हिजो डलरको मूल्य हालसम्मकै उच्च भएको थियो । शुक्रबार एक अमेरिकी डलरको विनिमय दर खरिद मूल्यमा १३२ रुपैयाँ ८४ पैसा र बिक्री मूल्यमा १३३ रुपैयाँ ३४ पैसा पुगेको थियो । तर, आज घटेर १३३ रुपैयाँ ०२ भएको छ ।
तर, गत बिहीबार भदौ २१ गते डलरको खरिद दर १३२ रुपैयाँ ७२ पैसा र बिक्री दर १३३ रुपैयाँ ३२ पैसा थियो । यस्तै २० भदौ बुधबार खरिद दर १३२ रुपैयाँ ५७ पैसा र बिक्री दर १३३ रुपैयाँ १७ पैसा थियो । यस्तैगरी अन्य मुलुकहरुको मुद्राहरुमध्ये युरो १ को खरिद दर १४१ रुपैयाँ ७२ पैसा, अष्ट्रेलियन डलर ८४ रुपैयाँ ६७ पैसा, क्यानेडियन डलर ९६ रुपैयाँ ९० पैसा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर