आगामी दुईवटा शनिबार पनि बैंक खोल्न निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी दुईवटा शनिबार बैंक खोल्न निर्देशन दिएको छ। राष्ट्र बैंकले शुक्रबार एक सूचना जारी गर्दै राजस्व संकलन, चेक क्लियरिङ, फण्ड ट्रान्सफरका लागि भोलि शनिबार र असार ३० गते शनिबार पनि राति ८ बजेसम्म बैंक तथा वित्तीय संस्था खुला राख्न निर्देशन दिएको हो।

यस्तै असार ३१ गते पनि बेलुका सात बजेसम्म राजस्व कारोबार गर्ने सम्पूर्ण बैंकहरु खुला राख्न सूचनामा भनिएको छ। चालु आर्थिक वर्ष २०७९/८० सकिनै लाग्दा सरकारलाई राजस्व संकलनको दबाब परेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर