जलहरीमुनिको भागमा अन्दाजी थप ४३ तोला सुन भेटियो !

 काठमाडौं ।  पशुपतिनाथ मन्दिरको गर्भगृहमा स्थापित जलहरीमुनिको भागमा अन्दाजी थप ४३ तोला सुन शुक्रबार बिहान भेटिएको छ। जलहरी राखिएको गर्भगृहको भुइँको भाग खोतलेर बढार्ने क्रममा उक्त परिमाणको सुन भेटिएको पशुपति क्षेत्र विकास कोषका निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए । तर उनी सुनको परिमाणका सम्बन्धमा मौन बसे ।

पशुपतिको गर्भगृहमा लगाइएको १०७ केजी ९२४.७४ ग्राम सुनबराबरको जलहरीको हिसाब अझै मिल्न सकेको छैन। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालमा लगाइएको सुनको जलहरीको हिसाब नमिलेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर