सय रुपैयाँले सस्तियो सुन
काठमाडौं । सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज शुक्रबार सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ ।
आज छापावल सुनको मूल्य एक लाख १० हजार ६ सय, तेजावी सुनको मूल्य एक लाख १० हजार ५० र चाँदीको मूल्य १३ सय ७५ रुपैयाँ कायम भएको छ । बिहिबार एक लाख १० हजार ७ सय रुपैयाँमा छापावल, एक लाख १० हजार १५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो । यस्तै १३ सय ९५ रुपैयाँ तोलामा चाँदीको खरिद बिक्री भएको थियो ।
प्रतिक्रिया
