२७ वर्षीया कविताको शव सामुदायिक वनमा गाडेको अवस्थामा भेटियाे

धनगढी । कैलालीमा सामुदायिक वनमा गाडिएको अवस्थामा २७ वर्षीया कविता बुढाको शव फेला परेको छ ।

जिल्लाको गौरीगंगा नगरपालिका २ की बुढाको शव घर नजिकैको सामुदायिक वनमा गाडेको अवस्थामा भेटिएको प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिए ।

उनकाअनुसार महिलाको बुढाको शव केदारेश्वर सामुदायिक वनमा गाडिएको अवस्थामा भेटिएको हो ।

बुढाका परिवारले उनी हराएको भन्दै सोमबारमात्र खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए । उनको कसैले हत्या गरेर शव गाडेको हुनसक्ने प्रहरीले बताएको छ ।

घटनाबारे अनुसन्धान जारी छ । मृतक बुढाका श्रीमान् रोजगारीको सिलसिलामा भारतमा छन् भने उनका दुई जना छोराछोरी रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर