महानगरद्वारा छात्रवृत्ति नदिने विद्यालयहरुको सूची सार्वजनिक

काठमाडौं । काठमाडौं महानगरपालिकाले दश प्रतिशत छात्रवृत्ति नदिने निजी विद्यालयहरुको सूची सार्वजनिक गरेको छ ।

सार्वजनिक गरेका विद्यालयको सूचीमा ३ सय ४२ वटा विद्यालय परेका छन् । महानगरपालिकाले यही जेठ १० गते निजी विद्यालयहरुले १० प्रतिशत छात्रवृत्ति प्रदान गर्नुपर्ने नियम सम्झाउँदै त्यसको विवरण पठाउन भनेको थियो । यही जेठ २८ गतेभित्र छात्रवृत्ति उपलब्ध गराएको विवरण पठाउन अन्टिमेटम दिँदै महानगरले यसमा पनि अटेर गरे कारबाहीको चेतावनी पनि दिएको छ ।

शिक्षा ऐन, २०७५ को दफा ५६ को उपदफा ४ अनुसार विद्यालयहरुलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द अथवा प्रचलित कानूनबमोजिम हदैसम्मको कारबाही गर्ने चेतावनी दिइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर