डढेलो बस्तीमा पस्दा ११ घर जलेर नष्ट

काठमाडौं । प्यूठानको स्वर्गद्वारी नगरपालिका–२ धनवाङस्थित जंंगलमा लागेको डढेलो बस्तीमा पसेपछि आगलागीमा परेर ११ घर जलेर नष्ट भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार साँझ नजिकको धाइरेनी सामुदायिक वनमा सल्किएको आगो नजिकको मानव बस्तीमा पस्दा ११ घर तथा ८ गोठ जलेर नष्ट हुन पुगेको हो । सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पस्दा घर र गोठ जले पनि मानवीय क्षतिको भने नभएको बताइउको छ ।
स्थानीयसहित नेपाल प्रहरी र नेपाली सेनाको सहयोगमा आगलागी नियन्त्रण लिइएको छ । सो आगलागीबाट कति क्षति भयो ? त्यसको मूल्याङ्कन गर्ने कार्य भइरहेको जनाइएको छ।
प्रतिक्रिया