हज समितिका अध्यक्ष शम्शेर मियाँ पक्राउ

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरिएको प्रकरणमा नेपाल हज समितिका अध्यक्ष शम्शेर मियाँ पक्राउ परेका छन्।
उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको परिसरका प्रमुख तथा एसएसपी दानबहादुर कार्कीले बताए। मियाँलाई हज समितिको सचिवालय सिंहदरबार परिसरबाट पक्राउ गरिएको बताइएको छ।
मियाँले चढ्ने सरकारी गाडी नै प्रयोग गरेर गिरोहले पैसाको डिल गर्ने गरेको पाइएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। उक्त गाडी अहिले प्रहरीले बरामद गरेर परिसर टेकुमा राखेको छ।
प्रतिक्रिया