नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री बालकृष्ण खाँण गिरफ्तार

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरण्मा समातिएका बिचौलियाको बयानको आधारमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई बसधबार प्रहरीले गिरफ्तार गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले खाणलाई चाबहिलको मैजुबहालस्थित उनको घरबाट पक्राउ गरिएको जनाएको छ। विगत केही दिनदेखि जोडतोडका साथ खाँणको नाम पनि नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै पैसा उठाएर ठगी गरेको आरोप लाग्दै आएको थियो । यस प्रकरणमा हिजो थप दुईजना शंकास्पद व्यक्तिहरू पक्राउ परेको र उनीहरूकै बयानको आधारमा सोधपूछका लागि प्रहरीले खाँणलाई नियन्त्रणमा लिइएको बताइएको छ । यही केशमा एमालेका सचिव टोपबहादुर रायमाझ भने अझै फरार छन् ।
प्रतिक्रिया