आज मंगलबार यस्तो रहनेछ मौसम पूर्वानुमान

काठमाडौं । हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली भइरहेको छ। बाँकी भागमा मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली भएर अन्य भागमा मौसम सामान्यतया सफा रहने छ।
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। देशका तराई क्षेत्रका केही स्थानहरूमा सामान्य हावाहुरीको सम्भावना रहेको छ।
राती भने देशको पहाडी भूभागका आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।