पेट्रोलमा ३ र डिजेल, मट्टितेलमा १० रुपैयाँ घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
भारतीय आयल कर्पोरेसनले मूल्य घटाएर सूची पठाएपछि मंगलबार बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य समायोजन गर्ने निर्णय गरेको हो ।
निगमको निर्णयअनुसार डिजेल प्रतिलिटर १० र पेट्रोलमा ३ रुपैयाँले मूल्य घटेको छ । सो घटेको मूल्य मंगलबार राति १२ बजेदेखि लागू हुने निगमको भनाइ छ ।
एलपिजी ग्यासको मूल्य यथावत् राखिएको छ ।
प्रतिक्रिया