आज बिहीबार सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनचाँदी मूल्य बढेको छ। छापावाल सुन प्रति तोला रु एक हजार ४०० र असली चाँदी रु ३५ ले बढेको हो।
आज छापावाल सुनको मूल्य प्रति तोला रु दुई लाख ४२ हजार ८०० र असली चाँदीको मूल्य रु तीन हजार ७५ कायम भएको छ। हिजो छापावाल सुन प्रति तोला रु दुई लाख ४१ हजार ४०० र असली चाँदी रु तीन हजार ४० मा कारोबार भएको थियो।
प्रतिक्रिया
