आज बुधबार सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य घटेको छ । आज प्रतितोला सुन रु ६ हजार ५०० र चाँदीको मूल्य प्रति तोला रु १०५ ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रति तोला रु २ लाख ४१ हजार ४०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ३ हजार ४० कायम भएको छ । हिजो मंगलबार छापावाल सुन प्रति तोला रु २ लाख ४७ हजार ९०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ३ हजार १४५ कायम भएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर