नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

काठमाडौं । नेप्से परिसूचक आज मंगलबार दोहोरो अंकले बढेर बन्द भएको छ । आज सेयर बजार १५.३९ अंकले बढेर बन्द भएको हो ।

आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २६३८.९५ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १६५ कम्पनीको सेयर मूल्य बढेको छ भने १११ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै आज ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ३.८६ अंकले बढेर ४८२.३९ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ उपसूचकमध्ये ११ वटाको परिसूचक बढेको छ भने २ वटाको घटेको छ । परिसूचक बढेको दिन कारोबार रकम पनि बढेको छ ।

आज सेयर बजारमा ३५० कम्पनीका १ करोड ४६ लाख ७० हजार १७७ कित्ता सेयर ५२ हजार ३८७ पटक खरिद बिक्री हुँदा ५ अर्ब ५५ करोड ३० लाख १९ हजार २४९ रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर