काठमाडौंमा भूकम्पको धक्का महसुस

काठमाडौं ।  नेपालको कोशी प्रदेशस्थित लेलेप नजिकै ५.४ म्याग्निच्युडको भूकम्प गएको प्रारम्भिक विवरण प्राप्त भएको छ। आज मंसिर ८ गते मंगलबार बिहान ७ बजेर १७ मिनेटमा भूकम्प गएको हो। यसको केन्द्रबिन्दु कोशी प्रदेशको लेलेपबाट करिब ९ किलोमिटर टाढा रहेको थियो। भूकम्पको धक्का नेपालसहित बंगलादेश, भारत, भुटान र चीनमा महसुस भएको जनाइएको छ। काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर