आज शुक्रबार सुनमा १२ हजार २ सय र चाँदीमा २२५ रुपैयाँ गिरावट

काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्यमा ठूलो गिरावट आएको छ । आज सुन प्रति तोला १२ हजार २०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रति तोला २ लाख ४५ हजार ४०० रुपैयाँ कायम भएको छ । हिजो बिहीबार सुन प्रति तोला २ लाख ५७ हजार ६०० रुपैयाँ थियो ।

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । हिजो बिहीबार प्रति तोला ३ हजार ३३५ रुपैयाँ रहेको चाँदी आज शुक्रबार २२५ रुपैयाँले घटेर ३ हजार ११० रुपैयाँमा झरेको महासंघले जनाएको छ । महासंघका अनुसार शुक्रबार १० ग्राम सुनको मूल्य २ लाख १० हजार ३९० रुपैयाँ कायम भएको छ । त्यस्तै, १० ग्राम चाँदीको मूल्य २ हजार ६६६ रुपैयाँ निर्धारण गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर