क्वालिफायरमा आज सुदूरपश्चिम र चितवन भिड्दै

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करण नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै छन्। यो खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा साँझ ५ बजे सुरू हुनेछ।

सुदूरपश्चिम पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित भएपछि दोस्रो क्वालिफायर खेल्न लागेको हो। चितवन भने  इलिमिनेटर खेलमा काठमाडौं गोर्खाजलाई  पराजित दोस्रो क्वालिफारयमा पुगेको हो। आज जित्ने टोली फाइनल पुग्नेछ। फाइनलमा लुम्बिनीसँग खेल्नेछ। फाइनल खेल मंसिर ५ गते हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर