आज एनपीएलको पहिलो क्वालिफायर खेल हुँदै

काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको पहिलो क्वालिफायर खेल आज हुँदैछ । फाइनल प्रवेशका लागि साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । लिग चरणमा शीर्ष दुईमा रहेका दुई टिमबीच पहिलो क्वालिफायर हुन लागेको हो ।

लुम्बिनीले ११ तथा सुदूरपश्चिमले १० अंक जोड्दै शीर्ष दुईमा रहेका हुन् । खेल साँझ ५ बजे शुरू हुनेछ । यो खेलको विजेता फाइनलमा पुग्नेछ भने पराजित हुने टिमले दोस्रो क्वालिफायर खेल्न पाउने छ । लिग चरणको खेलमा लुम्बिनीले सुदूरपश्चिमलाई ७ विकेटले सहजै हराएको थियो ।

भोलि बुधबार इलिमिनेटर खेल हुनेछ । इलिमिनेटरमा काठमाडौँ गोर्खाज र चितवन राइनोज खेल्नेछन् । लिग चरणको अंक तालिकामा ८ अंकबाट तेस्रो हुँदै काठमाडौँ तथा चौथो हुँदै चितवनले इलिमिनेटर खेल्न पाएका हुन् ।

यो खेलमा पराजित हुने टिम प्रतियोगिताबाट बाहिरिने छ । विजयी हुने टिमले बिहीबार फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरको पराजित हुने टिमसँग दोस्रो क्वालिफायर खेल्न पाउने छ । जित्ने टिम फाइनलमा पुग्नेछ भने पराजित हुने टिम बाहिरिने छ । आठ टिम सहभागी रहेको प्रतियोगिताको तेस्रो संस्करणको उपाधि भिडन्त शनिबार हुनेछ । विराटनगर किंग्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स बाहिरिएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर