आज कात्तिक ३० गते सोमबारको राशीफल

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) ​भावनामा आएर व्यापार व्यवसायमा कुनै निर्णय नलिनुहोला। कानुनी मामिलाहरूमा पक्ष मजबुत रहनेछ। पुरानो कुरालाई लिएर परिवारमा मनमुटाव हुन सक्ला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।

वृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) कार्यक्षेत्रमा आफ्नो जिम्मेवारी सकेसम्म स्वयं वहन गर्नु होला। व्यापार व्यवसायमा अरुलाई सल्लाह दिनुभन्दा अरुको कुरा सुन्न आज उपयुक्त रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।
मिथुन :  (का, कि, कु, घ, ङ, छ, के, को, हा) कार्यक्षेत्रमा बोलीले कार्य सिद्ध गर्न सकिनेछ। आफन्तहरूको साथमा सानोतिनो कुरालाई लिएर मनमुटाव रहन सक्छ। नोकरी वा पेशामा अतिरिक्त जिम्मेवारी वहन गर्नुपर्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।
कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मानसम्मानमा वृद्धि हुनेछ। अप्ठ्यारो कार्य सिद्ध हुनाले मनमा उत्साह जाग्नेछ। विद्यार्थीहरूलाई पठनपाठनमा मन लाग्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।
सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) ​​धर्म र अध्यात्ममा रुचि बढ्नेछ। कृषि र पशुपालनबाट लाभ आर्जन गर्न सकिनेछ। स्वास्थ्यलाई लिएर खानपानमा विशेष ध्यान दिनुहोला। सवारी साधन चलाउनु हुन्छ भने कागजात जाँच्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।
कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) व्यापार व्यवसायबाट मनग्य लाभ आर्जन गर्न सकिनेछ। घरपरिवारबाट साथ र सहयोग मिल्नेछ। सञ्चित धनमा वृद्धि हुनेछ। साहसिक कार्य गर्ने समय रहेको छ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ७ रहेको छ।
तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आजको दिन बोली र व्यवहारमा सतर्कता अपनाउनुपर्ने हुन्छ। कुनै कुरामा अनपेक्षित खर्च हुनेछ। अरुलाई सल्लाह दिनदेखि बच्नुहोला। यात्रा अलि कष्टदायक रहला। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।
वृश्चिक:  (तो, ना, नि, नु, ने, नो, या, यि, यु) व्यापार व्यवसायमा लाभ रहनेछ। शेयर बजारबाट मनग्य लाभ प्राप्त गर्न सकिएला। मेला वा कुनै जमघटमा रमाइलो समय बित्नेछ। बनाइएका योजनाहरूमा सफलता मिल्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।
धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) व्यापार विस्तारको लागि नयाँ विचारहरू आउनेछन्। आर्थिक रूपमा दिन राम्रो रहेको छ। नकारात्मक विचारबाट टाढा रहनुहोस्। महत्वकांक्षी योजनाहरू गोप्य राख्दा फाइदा हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।
मकर : (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नोकरी वा पेशामा प्रभाव बढ्नेछ। उद्योग व्यापारमा लाभ मिल्नेछ। नयाँ कार्य प्रारम्भ गर्न उपयुक्त समय रहेको छ। धार्मिक यात्राबाट लाभ आर्जन गर्न सकिनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक २ रहेको छ।
कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) ​​साहस र पराक्रमले शत्रुहरू पराजित हुनेछन्। विपरीत परिस्थितिमा पनि इष्टमित्रको राम्रो सहयोग प्राप्त हुनेछ। व्यापार व्यवसायमा धनलाभ रहनेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ५ रहेको छ।

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) ​​ आज कार्यक्षेत्रमा उत्साह र उमंगमा वृद्धी हुनेछ। व्यावसायिक जीवनमा सुधार आउनेछ। नोकरी वा पेशामा उच्च पदस्थ अधिकारीहरूको साथ र सहयोग मिल्नेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ४ रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर