मोबाइल पसलमा आगलागी, ७० लाखबराबरको क्षति

काठमाडौं ।  रोल्पाको सुनिलस्मृति गाउँपालिका –३ रुइनिबाङ बजारस्थित एक मोबाइल पसलमा आगलागी भएको छ । आइतबार बिहान करिब साढे २ बजे विकास गुप्ताले सञ्चालन गर्दैआएको लक्ष्मी मोबाइल सेन्टरमा आगलागी भएको हो ।

आगलागी हुँदा करिब ७० लाख रुपियाँ बराबरको क्षति भएको छ । आगलागीको खबर बिहान ३ः३० बजे इलाका प्रहरी कार्यालय सुलिचौरमा प्राप्त भएपछि प्रहरी निरीक्षक अनिलकुमार चौधरीको कमाण्डमा सात जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो । स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासमा बिहान ४ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको रोल्पा प्रहरीले जनाएको छ ।

आगलागीबाट पसलभित्र रहेका विभिन्न कम्पनीका मोबाइल फोन तथा मोबाइल मर्मतका उपकरण र पार्टपुर्जाहरू पूर्ण रूपमा जलेर नष्ट भएको छ । प्रारम्भिक अनुसन्धानअनुसार विद्युत् सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर