डा. गोविन्द केसी र सरकारबिच ६ बुँदे सहमति
काठमाडौं । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा. केसीले आफ्नो २५ औँ सत्याग्रह अन्त्य गरेका छन् ।
पटकपटकको छलफलपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शनिबार राती नै त्रिवि शिक्षण अस्पताल पुगेर सहमति गरि अनसन तोडाएका हुन् ।
डा. केसीको अनसन तोडिएसँगै मन्त्री पोखरेलले अब यो नै डा. केसीको अन्तिम अनसन रहेको बताए। उनले भने, ‘यो डा. केसीको अन्तिम अनसन हो। उहाँसँग भएका सहमतिअनुसार कार्यान्वयन प्रक्रिया अघि बढ्छ।’


प्रतिक्रिया
