एक सुकाको पनि आर्थिक लेनदेन छैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेसको आधिकारिकताको लडाइँमा एक सुकाको पनि आर्थिक लेनदेन नभएको बताएका छन्। सभापति थापाले बिहीबार सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै यस्तो बताएका हुन्।

उनले भने, ’नेपाली कांग्रेसको आधिकारिकताको लडाइँमा, राजनीतिक, कानुनी लडाइँमा रुपैयाँ होइन, एक सुकाको पनि कुनै आर्थिक लेनदेन, कुनै अनुचित काम गरेको छैन, भएको छैन।’

नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरलाई अदालतबाट आधिकारिकता दिलाउन आर्थिक लेनदेन भएको दाबीसहित हाल प्रहरी नियन्त्रणमा रहेका इनम सामकोटाको अडियो सार्वजनिक भएपछि सभापति थापाले यस विषयमा प्रष्टीकरण दिएका हुन्।

यस विषयमा निष्पक्ष छानबिन गरी सत्थतथ्य सार्वजनिक गर्ने काम सरकारको भएको उनले बताए। नेपाली कांग्रेस सबै किसिमको अनुसन्धानको लागि तयार रहेको उनको भनाइ छ। कसैले तर्साउन खोजेर आफू नतर्सिने उनले स्पष्ट पारे।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर