संविधानभन्दा माथि कोही छैन : रवि
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधानभन्दा माथि र प्रजातन्त्रभन्दा ठूलो कोही नरहेको बताउनुभएको छ । हिजो शनिबार सचिवालय बैठकपछि पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले संविधानको मर्मविपरीत काम गर्ने जोकोहीलाई कारबाही गर्नुपर्ने बताउनुभयो ।
“संविधानभन्दा माथि र प्रजातन्त्रभन्दा ठूलो केही छैन, कोही छैन,” उहाँले भन्नुभयो, “ रास्वपा यसमा स्पष्ट छ, रवि लामिछाने पनि स्पष्ट छ । आँच आउने क्रियाकलाप जसले गरेको छ, त्यो सजायको भागिदार हुनुपर्ने छ त्यसले जिम्मेवार लिनुपर्ने छ ।
यसैबीच, सचिवालय बैठकपछि पार्टी प्रवक्ता जगदिश खरेलले पत्रकार तथा सञ्चारकर्मीमाथि भएको पक्राउका घटनाबारे छानबिन गर्न सरकारलाई निर्देशन दिइएको बताउनुभयो । उहाँले घटनाको कारण, पक्राउ गर्ने व्यक्ति र त्यसको जिम्मेवारीबारे सत्यतथ्य पत्ता लगाउन तथा दोषीमाथि कारबाही गर्न सरकारलाई निर्देशन दिइएको जानकारी दिनुभयो ।
