देश जोगाउने र पार्टी जोगाउनेहरूबीच फरक हुन्छ : बालेन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले देशको हित र पार्टीको स्वार्थका लागि काम गर्नेहरूबीच फरक रहेको टिप्पणी गरेका छन् ।

आज  बिहीबार समसामयिक राजनीतिक विषयमा सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले नेता र कार्यकर्ताको भूमिकालाई लिएर यस्तो अभिव्यक्ति दिएका हुन् ।

उनले लेखेका छन्, ‘तपाईंहरूको कार्यकर्ता लड्छन्, नेता हाँसेर बस्छन्, हाम्रो नेता लड्छन्, मानवताले आश गर्छन् ! फरक यत्ति हो !’

प्रधानमन्त्री शाहको उक्त टिप्पणी पछिल्लो राजनीतिक घटनाक्रमका बीच सार्वजनिक भएको हो । यद्यपि, उनले आफ्नो स्टाट्समा कसलाई लक्षित गरेर यस्तो अभिव्यक्ति दिएका हुन् भन्नेबारे स्पष्ट पारेका छैनन् । तर पनि  राजनीतिक पण्डितहरूका अनुसार प्रधानमन्त्रीको उक्त टिप्पणी चोहेर पनि नचाहेर पनि कतिपय सन्दर्भमा आफ्नै पार्टी सभापति रवि लामिछाने र नेपाली कांग्रेसका सभापति गगनकुमार थापाप्रति लक्षित रहेको छ ।

यद्यपि, प्रधानमन्त्री पदमा रहेका बालेनको आजको टिप्पणी राष्ट्रवादरूपी भविष्य सूचक परीक्षण कालमा को ? उत्तीर्ण हुने हो ? को ? अनुत्तीर्ण हुने हो ? त्यो त हिरण्य गर्भमै मौलाइरहेको होला भन्नमा अत्युक्ति नहोला । किनभने प्रधानमन्त्री बालेनका अधिकांश फेसबुक टिप्पणीहरू आफैंमा अस्पष्ट, द्विअर्थी, अन्योल, आवेग, प्रतिशोध, प्रतीकात्मक, सांकेतिक र झालेमाले खालको गरेको हुने राजनीतिक वृत्तमा टीकाटिप्पणी हुने गरिन्छ ।

प्रधानमन्त्री बालेनको लेखाई यस्तो छ,

“तपाईंहरुको कार्यकर्ता लड्छन्,
नेता, हासेर बस्छन् ,
हाम्रो नेता लड्छन् ,
मानवताले आश गर्छन्!
फरक यत्ति हो!
देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ!”

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर