परराष्ट्रमन्त्री खनालसँग भारतीय विदेश सचिव विक्रम मिस्रीको भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन् ।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा परराष्ट्रमन्त्री खनालले नेपाल(भारतबीचको घनिष्ठ सम्बन्धले थप उचाइ लिने विश्वास व्यक्त गरेका छन् ।

नेपाल र भारतबीचको बहुआयामिक साझेदारीलाई थप सुदृढ बनाउने तथा दुई देशबीच रहिआएको ऐतिहासिक मित्रतापूर्ण
सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा मन्त्री खनाल र सचिव मिस्रीबीच छलफल भएको परराष्ट्र मन्त्रीको सचिवालयले जनाएको छ

साथै, परराष्ट्रमन्त्री खनाल र विदेश सचिव मिस्रीबीच दुई मुलुकबीचको ऊर्जा, उड्डयन, व्यापार, खेलकुद, शिक्षा लगायतका विविध विषयमा पनि छलफल भयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर