गगनको स्टाट्सको अर्थ खोजिँदै
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले तर्साउने धेरै आए पनि तर्सिने बानी नपरेको बताएका छन्। ‘अहिले ठीक १८:०० बजेको छ। तर्साउने धेरै आए, तर्सिने बानी परेन,’ सभापति थापाले सोमबार साँझ सामाजिक सञ्जालमा लेखेका छन्।
यसअघि आइतबार प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालमा स्टाटस लेख्दै एक–दुई जना उम्किन्छु भनेर सपना नदेख्न चेतावनी दिएका थिए। उनले लेखेका थिए, ‘सही समय आएपछि, सबैको गलत समय आउँछ, एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ!’
प्रतिक्रिया
