आज सोमबार सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं । नेपाली बजारमा आज सोमबार सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रति तोला २ हजार ३ सय रुपैयाँले बढेर २ लाख ७४ हजार ३ सय रुपैयाँ पुगेको छ। हिजो आइतबार छापावाल सुन प्रति तोला २ लाख ७२ हजार रुपैयाँमा कारोबार भएको थियो। हिजो आइतबारको तुलनामा आज सोमबार सुनको मूल्य करिब ०.८५ प्रतिशतले बढेको हो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ७० रुपैयाँले वृद्धि भएको छ। आइतबार प्रतितोला ३ हजार ६ सय ५० रुपैयाँ रहेको चाँदी सोमबार बढेर ३ हजार ७ सय २० रुपैयाँ पुगेको महासंघले जनाएको छ। चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा करिब १.९२ प्रतिशतले बढेको हो।
प्रतिक्रिया
