एकैदिन सुनको भाउ ८३ सय रुपैयाँ घट्यो
काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनको भाउ प्रति तोला आठ हजार तीन सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रति तोला दुई लाख ७२ हजार रुपैयाँमा किनबेच भइरहेको छ।
अस्ति शुक्रबार सुन प्रति तोला दुई लाख ८० हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज आइतबार चाँदीको मूल्य पनि घटेको छ। अस्ति शुक्रबार तोलामा तीन हजार आठ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आज तीन हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ७५ रुपैयाँ घटेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रति औंस तीन हजार आठ सय ७६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया
